संसद् विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका १५ कार्यकर्ता पक्राउ

काठमाडौं। प्रतिनिभिसभा विघटनविरुद्ध केश मुण्डनसहित प्रदर्शनमा उत्रिएको नेविसंघका नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको ज्ञानेश्वरबाट नेविसंघका १५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए।

पक्राउ पर्नेमा अनिश आचार्य, सरोज थापा, करुणा सागर सिग्देल, पदमा भुसाल, प्रशन्त कार्की, शतिस शाह, रोशन गुप्ता, अनिल रिजाल, सुरज दंगाल, सुभम सिंह, नेत्रविक्रम शाही, कौशल काफ्ले, सुरज लम्साल, रजेन्द्र मैनाली र लक्ष्मण अधिकारी अधिकारी रहेका जनाइएको छ।

उनीहरुलाई तत्काल रिहा गर्न नेविसंघले आग्रह गरेको छ।

प्रतिक्रया दिनुहोस्