टिचिङमा डाक्टर कुटपिटमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

कोभिड-१९ का कारण आईसीयूमा उपचाररत विरामीको मृत्युपछि भएको कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर गौतमसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो। त्यसपछि उपचारमा संलग्न डाक्टर सविन भण्डारीमाथि कुटपिट भएको थियो।

प्रतिक्रया दिनुहोस्