चीन जिम्मेवार देखिएन, व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आयोः उद्योगमन्त्री भट्ट

काठमाडौं। विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाएका छन्। उनले चीनको व्यवहारकै कारण चीनसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन्।

नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मंगलबार मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाए।

पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ छ। ‘हाम्रो पडौसीको व्याहारले असहज र अप्ठ्यारो भएको छ, अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन्’ उनले भने, ‘यस्तै हो भने चीनसंग व्यापार गर्ने की नगर्ने? यस बारेमा मैले प्रधानमन्त्री ज्यूसंग गंभिर प्रश्न उठाएको छु, अब यो हो भने त यसरी कसरी चिनसंग कसरी व्यापार गर्ने?’

१०१० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको मन्त्री भट्टले बताए। ‘व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामाथीको मार हो, एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हो नि’ उनले भने। नाकामा चिनियाँ अर्घेलोबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर ढंगले प्रश्न उठाएको पनि भट्टको भनाइ छ।

प्रतिक्रया दिनुहोस्