मौसम ; बाक्लो हुस्सु र कुहिरोले तराई ढाकियो

काठमाडौ । बाक्लो हुस्सु र कुहिरोले तराई ढाकेको छ भने हिमाली जिल्लामा हिमपातको सम्भावना छ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव देशमा रहेकाे हुँदा आज प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको  ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भुभागका केही स्थानहरूमा र तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेकाे छ । आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिक्रया दिनुहोस्