पाल्पामा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु

पाल्पा । पाल्पामा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बुधबार बिहान वीरबहादुर सारूको मृत्यु भएको जानकारी दिए । आज (बुधबार) बिहान ३ बजे बन्दुक पड्किएको आवाज सुनेपछि मृतकका दाजु नरबहादुर घटनास्थल पुगेका थिए ।

वीरबहादुर मृत अवस्थामा देखेपछि नरबहादुरले प्रहरीलाई खबर गरेका थिए ।  वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्