सांसद रेशम चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै कारण जेलमा राख्यो : भट्टराई

टीकापुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद रेशमलाल चौधरीमाथि सरकारले राजनीतिक पूर्वाग्रहकै कारण जेलमा राखेको आरोप लगाएक छ्न ।

बुधबार (जसपा) द्वारा कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले टीकापुरमा २०७२ भदौ ७ गते भएको घटना राजनीतिक भएकाले उक्त घटनालाई राजनीतिक घटनाकै रुपमा सम्बोधन गरिको साटो कैलाली क्षेत्र नम्बर १ बाट विजयी सांसद चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताए ।

प्रतिनिधि सभा विघटनको विरोध र टीकापुर घटना मुद्धामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध जसपाले आज विरोध प्रदर्शन गरेको थियो ।

सम्बोधनका क्रममा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा बिरेन्द्र र ज्ञानेन्द्र भन्दा पनि बढी निरंकुश तानाशाह भएको बताए । उनलेे भुमिहीन ,सुकुम्बासी किसान र मुक्त कम्लहरी समस्याको समाधानका लागि सरकारले उचित कदम चाल्न आवस्यक रहेको पनि बताए ।

 

 

 

प्रतिक्रया दिनुहोस्