काङ्ग्रेस कैलालीले १२६ वटै वडामा आज विरोध प्रदर्शन गर्दै

कैलाली । संसद विघटनविरुद्ध नेपाली काङ्ग्रेस कैलालीले आज जिल्लाका १२६ वटै वडामा विरोध प्रदर्शन गर्ने भएको छ ।

सरकारकाे सर्वसत्तावाद, अधिनायकवाद र संसद विघटनलाई असंवैधानिक कदमको संज्ञा दिदै आएको काङ्ग्रेसले केन्द्रीय कार्यक्रम अनुसार नै जिल्लामा प्रदर्शनको तयारी गरेको हो ।

स्थापनाकालदेखि बहुदलीय संसदीय लोकतान्त्रिक राज्य ब्यवस्थाको स्थापना र विकासमा क्रियाशील रहदै आएको कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओलीद्धारा गत पौष ५ गते भएको प्रतिनिधिसभाको असंवैधानिक विघटन, नयाँ निर्वाचनको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्पति विद्यादेवी भण्डारीको निरिह कदम विरुद्ध आज पनि देशभर प्रदर्शन गर्ने भएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्