श्रम स्वीकृति पूर्णरुपमा अनलाइनबाटै गर्ने तयारी

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति पूर्णरुपमा अनलाइनबाटै गर्ने तयारी थालेको छ ।

“दैनिक सरदर तीन सयले पुनः श्रम स्वीकृति लिनेमा अहिले दैनिक ७० जनाभन्दा धेरैले अनलाइनबाट नै स्वीकृति लिएका छन्,” नेउपानेले भने, “पुनः श्रम स्वीकृति लिन विदेशबाट नेपाल नै फर्कनुपर्ने व्यवस्था अन्त्य गर्न पूर्णरुपमा हामी अनलाइनमार्फत नै काम गर्दै छौँ ।”

गएको पुसबाट विभागले पुनः श्रम स्वीकृति अनलाइनबाट गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपश्चात् सेवाग्राहीले विश्वको जुनसुकै कुनाबाट पुनः श्रम स्वीकृति लिन पाउने भएका छन् ।

 

प्रतिक्रया दिनुहोस्