‘केही मान्छे जनतालाई सिनेमा देखाउँदैछन्, सिनेमामा जस्तो लभ पर्‍या छ’ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उनीविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यङ्ग्य गरेका छन्। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘केही मान्छे फिलिम देखाउन आउँछन्। सिनेमामा के हुन्छ हिरो हुन्छ। हिरोइन हुन्छ लभ पर्‍या छ। हिरोइन घाइते हुन्छे। हिरो व्याकुल पर्छ। तर केही पनि होइन’, उनले भने, ‘केही मान्छेहरु सिनेमा देखाउन आउँछन्। नाटक गर्‍या हुन्। केही पनि होइन। जनतालाई झुक्याउँछन्। हामीले सचेत गराउनुपर्छ।’

प्रतिक्रया दिनुहोस्