वकिलको प्रश्नपछि इजलासले माग्यो संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

काठमाडौं। संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका छन्।

अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका थिए।

उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ।

नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजपत्रको सूचना उपलब्ध गराउन भनेका हुन्।

प्रतिक्रया दिनुहोस्