ढिला नाम टिपाएपछि वकिललाई इजलासले बहस गर्न रोक्यो

काठमाडौं। संवैधानिक इजलासले बहस गर्न आएका वरिष्ठ अधिवकक्ता नरहरि आचार्यलाई वकालतनामा नभएको भन्दै फर्काइदिएको छ।

निवेदक ज्ञानेन्द्रराज आरणकोतर्फबाट बहस गर्न बारमा उभिएका आचार्यलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले माघ चार गतेसम्म वकालतनामा नलेखाएको भन्दै बहस गर्न नआउन भनेका छन्।

‘रिट निवेदकलाई चार गतेसम्म वकालत नामा लेखाएका वकिलको नाम चार गते नै हामीले मागेका थियौँ त्यो दिनसम्म लेखाएकाले मात्र बहस गर्न पाउने भनेका थियौं। त्यसो नगरे त बहस नै सकिन्न’, प्रधान न्यायाधीश राणाले भने, ‘तपाईले पाँच गते लेखाउनु भयो होला। छोड्नुहोस् जानुहोस्।’

प्रतिक्रया दिनुहोस्