कोरोना कहर ; विश्वमा संक्रमितको संख्या ९ करोड ८० लाख नाघ्यो, मृत्यु हुने २१ लाख नजिक

काठमाडौं । कोरोना महामारीका कारण विश्व समुदाय आक्रान्त बन्दै गेएको छ । विश्वमा दैनिक रूपमा कोरोनाका बिरामी र मृत्यु हुनेको संख्या बढ्दौ गएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ८० लाख ३० हजार ९ सय ६६ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

वल्डोमिर्टसको शुक्रबार बिहानको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाअ ३७ हजार ४ सय १९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै विश्वमा २० लाख ९७ हजार ७ सय १५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । जहाँ एकैदिन १५ हजार ८ सय ८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै ७ करोड ४ लाख २९ हजार २२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

 

प्रतिक्रया दिनुहोस्