एसिड पीडितलाई निगमले दियो रोजगारी

काठमाडौं । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिएको छ । ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई निगममले सहायक स्तरमा करारमा नियुक्त गरेको हो ।

निगमले संस्थापक सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले क्षमता र योग्यताको आधारमा रोजगारी दिइएको हो ।

दुवै जनालाई गत पुस १६ गतेदेखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको थियो । एसिड आक्रमणमा परेका दुवैले  आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएका थिए ।

निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट उनीहरुको तलब भत्ता ब्यहोर्ने गरी १ वर्षको नियुक्ति दिएको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस्