यस्तो देखियो कोहलपुरमा नेपाल बन्दको प्रभाव (फोटो फिचर)

दिपेन्द्र लामिछाने हमाल

कोहलपुर। नेपाल कम्युष्टि पार्टी विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव कोहलपुरमा आंशिक मात्रामा परेको छ।

कोहलपुर तथा चप्परगौडी बजारका केही पसलव्यवसाय बन्द भएपनि अधिकांश पसलव्यवसायहरु खुल्लै रहेका छन्। लामो दुरीका सवारीसाधन चलेका छैनन् भने स्थानिय तथा साना दुइ-तीनपांग्रे सवारीसाधनहरु निर्वाध रुपमा चलिरहेको देख्न सकिन्छ।

५-६ महिनाको लकडाउनबाट आजित भएका व्यापारी तथा सवारी चालकहरुले आजको बन्दको अवज्ञा गरेका या जसले बन्द गरेपनि डर मान्न छोडेका हुन् भन्ने स्थानियहरुको अनुमान छ। सरकारले प्रतिबन्ध गरेको विप्लव समूहका विभिन्न कार्यकर्ताहरु विभिन्न बहानामा पटक-पटक पक्राउ परिरहेका छन्। त्यसैकारण कोहीपनि कार्यकर्ता बजारमा नदेखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ।

विप्लव समूहले ललितपुरबाट पक्राउ परेका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई निशर्त रिहाईको माग गर्दै माघ १ गते एक प्रेस वक्तव्य जारी गरेर ३ गतेदेखि विभिन्न विरोधका कार्यक्रमहरु गर्ने र आज शनिबार नेपाल बन्द गर्ने घोषणा गरेको थियो।

प्रहरीले बास्तोलाविरुद्ध तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ। नख्खुमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटनमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ। त्यसवेलाको मुद्दामा उनी प्रतिवादी बनाइएका थिए।

बास्तोलाविरुद्ध प्रहरीले बम विष्फोटन, हातहतियार तथा खरखजाना, चन्दा असूली, आपराधिक लाभ, राज्यविरुद्धको कसूर र संगठित अपराधको अभियोग लगाएको छ।

विप्लव समूहले गत मंसिर २३ गते मोरङ मिक्लाजुङ १ बर्खेमा शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानेर हत्या गरेको थियो। उक्त हत्यामा संलग्न रहेको आशंकामा मोरङ जिल्ला ईन्चार्ज धनबहादुर विकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

तस्बिरहरुः

सुनसान बसपार्क
सुनसान बसपार्क काउन्टर

तस्बिर: दिपेन्द्र लामिछाने हमाल

प्रतिक्रया दिनुहोस्