हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको अध्यक्षमा अन्जान, सम्पूर्ण कार्यसमिति निर्विरोध

कोहलपुर। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको चौथो साधारणसभाले कपिल अन्जानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

शनिबार सम्पन्न चौथो साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिले २ जना सदस्य चयनसमेत गरेको छ। प्रतिष्ठानको उपाध्यक्षमा प्रदीप भट्टराई, सुमित्रा न्यौपानेलाई चयन गरिएको छ।

त्यस्तै, संस्थाको सचिवमा बद्री ढकाल, सह(सचिव खोपीराम वली, कोषाध्यक्षमा प्रकाश मरासिनीलाई चयन गरिएको छ। त्यस्तै विक्रम शिशिर, मणिप्रसाद गैरे, हेम प्रकाश मंजीलका साथै बिमला कुमारी खत्री र निरन्जना चन्द ९मनोनित० सदस्यमा निर्वाचित भएका छन्।

प्रतिक्रया दिनुहोस्