आजको मौसम : चिसो र हिमपातको सम्भावना

काठमाडौं । आज देशभर ह्वात्तै चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि केही पहाडी जिल्लाहरुमा चिसोेसँगै हिमपातको सम्भावना रहेको छ भने केही स्थानमा मौसम सफा रहने छ ।

त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । साथै, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । यसैगरी, राती पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्