नेपाली बजारमा ओरालो लाग्यो सुनको मुल्य

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य केही ओरालो लागेको छ । सुन आज प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

मुल्य घटेसँगै आज सुन प्रतितोला ९२ हजार ४ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय कायम गरिएको छ । चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी १ हजार २६० मा कारोबार भइरहेको छ ।

 

प्रतिक्रया दिनुहोस्