महिला लिग फुटबलः सविताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

काठमाडौं। सविता राना मगरको ह्याट्रिक मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ।

लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो। खेलमा एक गोलले पछि परेपनि चन्द्रपुरले गोलको वर्षा गरेको थियो।

खेलको २३औं मिनेटमै अन्जना थुलुङले गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएका थिए। तर अग्रता लामो समय टिकेन। चन्द्रपुरका लागि रजनी थोकरले ४७औं मिनेटमा बराबरी गोल गरिन्।

चन्द्रपरको लाग सविताले ५१औं, ६९औं र ७८औं मिनेटमा गोल गरिन्। यस्तै दिलकुमारी मगरले दुवै हाफको इन्जुरी टाइममा गोल गरिन्। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सुनिता भोलानले एक एक गोल गरिन्।

लिगमा पहिलो जितपछि चनद्रपुरले ३ अंक जोडेको छ। पहिलो खेलमा चन्द्रपुर एपीएफसँग पराजित भएको थियो।

प्रतिक्रया दिनुहोस्