निर्वाचन आयोगले नेकपालाई भन्योः कि पार्टी फुटाऊ, कि मिलेर जाऊ (पत्र सहित)

काठमाडौं। आइतबार नेकपा विभाजन नभएको निर्णय गरेको निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई पत्र काटेको छ। आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुनः मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर मात्रै निर्वाचनमा जान पाउने जनाएको छ।

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलगअलग भए पनि विधानतः यो पार्टीको आधिकारिकता र चुनाव चिह्नलगायत अन्य गतिविधिउपर आयोगले अमान्य ठहर गरिसकेको छ।

दुई कित्तामा बाँडिएका दुवै समूहले तल्लो तहसम्म आफ्नो संगठन विस्तार गरिसके पनि निर्वाचन आयोगले पार्टी विभाजन हुन नसक्ने भन्दै पत्र काटेको हो।

आयोगले दुवै समूहलाई नचिन्ने भन्दै अब पार्टी फुटेको भनेर आयोगमा निवेदन दिनुपर्ने वा नयाँ पार्टी दर्ता गरेर मात्रै निर्वाचनमा जान भनेको छ।

प्रतिक्रया दिनुहोस्