बच्चा बोक्दै रिक्सा चलाएर भाइरल बनेका अर्जुन विक बलात्कारको आरोपमा पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक पक्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि भाइरल भएको थियो।

अर्जुन शरीर बन्धक तथा जबरजस्ती करणीको आरोपमा मंगलबार तीनकुनेबाट पक्राउ परेका हुन्। कैलाली प्रहरी र काठमाडौं प्रहरीको समन्वयमा उनलाई कैलाली प्रहरीका डिएपी प्रतीक विष्टले जानकारी दिए।

विष्टका अनुसार कैलाली घोडाघोडी नगरपालिका-२ साँडेपानी बस्ने २४ वर्षीय विकविरुद्ध शारीरिक बन्धक बनाएको आरोपमा कैलाली प्रहरी कार्यालयमा जाहेरी परेको थियो। यस विषयमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए।

प्रतिक्रया दिनुहोस्