
चितवन। चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र मोटरसाइकल पछाडि बसेका सुनसरीको धरान-९ का २० वर्षीय गौरव राई रहेका छन्।
रत्ननगर नगरपालिका-१० हरिहर मन्दिर अगाडि सडकमा बा २ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए।
घाइते दुवैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।