सैनिक अस्पतालमा डा. कुँवरबाट सुरु भयो कोरोनाविरुद्धको खोप अभियान

काठमाडौं। नेपाली सेनामा सैनिक अस्पताल, छाउनीका सहायक रथी डा. भुवनराज कुँवरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। कुँवर अस्पतालका क्लिनिकल रजिष्ट्रारसमेत हुन्।

विभिन्न व्यक्तिमा शंकासमेत रहेका वेला खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले सिनियर अधिकृतबाटै खोप अभियोगको शुभारम्भ गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए। छाउनीमा सैनिक अधिकारीहरुका अनुसार सरकारले दैनिक ३ सय जनालाई पुग्ने गरी खोप दिने भनेको छ।

सेनाले प्रारम्भमा देशभर फ्रन्टलाइनमा खटिएका २१ हजार ५ सय जना सैनिकलाई कोरोना भाइरसको खोप लगाउनुपर्ने सरकारलाई भनेको थियो। यद्यपि, उपत्यकामा ४ हजार ७ जनालाई खोप दिने सरकारी निर्णय छ।

जिल्लाको हकमा फरकफरक आवश्यकता भएकाले त्यहीँको जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर खोप लगाउने निर्णय भएको सहायक रथी समेत रहेका प्रवक्ता पौडेलले बताए। सेनाका स्वास्थ्यकर्मी र कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकहरुलाई पहिलो चरणमा खोप लगाइँदैछ।

भारतले अनुदानमा १० लाख डोज खोप दिएपछि नेपालमा बुधबारबाट खोप लगाउन थालिएको हो।

प्रतिक्रया दिनुहोस्