तोलाको ७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । तेजावी सुनको भाउ भने प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि आज सामान्य गिरावट आएको छ ।

मंगलबार १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आजको पाँच रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार खुला गरिएको छ ।

 

प्रतिक्रया दिनुहोस्