छविसपाथिभेरा हत्या घटनाः थप दुईजना पक्राउ

बझाङ। छविसपाथिभेरा गाउँपालिकाका अमृत सिंहको हत्या आरोपमा थप दुईजना पक्राउ परेका छन्।

गत मंगलबार साँझ छविसपाथिभेरा-३ स्थित बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवादपछि खुँडा प्रहार गर्दा २७ वर्षीय सिंहको मृत्यु भएको थियो।

सोही दिन छविसपाथिभेरा-२ का ३२ का ज्ञानबहादुर कडायतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो। घटनामा संलग्न रही फरार रहेका करिब २८ वर्षीय प्रकाश ऐडी र ३० वर्षीय केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

प्रतिक्रया दिनुहोस्