कोहलपुर-६ को वडा कार्यालय भवन शिलान्यास

कोहलपुर (बाँके)। बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ।

कोहलपुर-६ का वडाध्यक्ष रामशरण थारु र जग्गादाता गोबिन्द वाग्लेले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन्।

जिल्ला समन्वय समितिको ४० लाख र बाँकी कोहलपुर नगरपालिकोको लागतमा ६ कोठे पक्कि भवन निर्माण गर्न लागिएको वडाध्यक्ष रामशरण थारुले जानकारी दिए। भवन निर्काणका लागि कोहलपुरका समाजसेवी गोविन्द वाग्लेले ३ कठ्ठा जग्गा दान गरेका थिए। वडा नं. ६ मा सार्वजनिक जग्गाको अभावका कारण हालसम्म वडा कार्यालय भवन निर्माण हुन सकेको थिएन।

सिलान्यास कार्यक्रममा वडाध्यक्ष थारुले जग्गादाता वाग्लेलाई धन्यवाद दिए। जग्गादाता वाग्लेले सर्वजनिक जग्गाको अभाव रहेको कोहलपुर-६ का जनतालाई सहजता होस भन्ने उद्धेश्यले झण्डै १ करोड मुल्य बराबरको ३ कठा जग्गा वडा कार्यालय भवान, स्वाथ्य चौकी भवन र प्रहरी बिट निर्माणका लगी सहयोग गरेको जानकारी दिए।

भवन निर्माण उपभोक्त समितीका अध्यक्ष प्रदेशी थारुले यस आर्थिक वर्ष भित्र भवन निर्माण गरिसक्ने जानकारी दिए।

प्रतिक्रया दिनुहोस्