सरकारले माग्यो ४७ हजार करार कर्मचारी (सुचनासहित)

काठमाडौं। केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदको भर्ना खोलेको छ।

करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ।

इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ। जसको लागि विभागको वेबसाइट www.cbs.gov.np मा जान सकिने छ। करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ।

स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन्। तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ।

प्रतिक्रया दिनुहोस्