रमेश हमालको शब्द/संगीतमा मार्मिक लोकदोहोरी गीत ‘कुन पापीले’ (भिडियो सहित)

काठमाडौं। सुर्खेतका गायक तथा संकलक रमेश हमालको शब्द/संगीतमा कमल विश्वकर्माको मर्मस्पर्शी लोकदोहोरी गीत ‘कुन पापीले’ चर्चा बटुल्दै गएको छ।

कमल विश्वकर्मा र पवित्रा घर्ती मगरको मार्मिक आवाज रहेको यो गीतको म्यूजिक भिडियो रमेश हमालकै निर्देशन, रामसिंह भाटको छायांकन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादनमा तयार भएको हो भने गीतमा डिएन धिताल र मेलीना ठकुरीको अभिनय देख्न सकिन्छ।

वर्ल्ड कभर मिडियाले उत्पादन गरेको यस गीतको म्यूजिक भिडियोलाई वर्ल्ड कभर मिडियाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

संकलक रमेश हमाल र यस गीतमा आवद्ध सम्पूर्णलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रया दिनुहोस्