महिला राष्ट्रिय लिगः विदेशी खेलाडीको दोहोरो ह्याट्रिकमा वालिङको शानदार जित

काठमाडौं। विदेशी खेलाडी मेथो रुथले दोहोरो ह्याट्रिक गरेपछि महिला राष्ट्रिय लिगमा स्याङ्जाको वालिङ नगरपालिकाले शानदार जित हात पारेको छ।

तस्बिर साभारः All Nepal Football Association

क्यामरुनका मेथोको दोहवरो ह्याट्रिक मद्दतमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो। जारी लिगमा यो पहिलो दोहोरो ह्याट्रिक हो। रुथले पहिलो ह्याट्रिक १२ मिनेटमै पूरा गरेकी थिइन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा मेथोले खेलको सातौँ, नवौं र १९ औं मिनेटमा गोल गरिन्। रुथले ६३ औं, ७१ औं र इन्जुरी टाइममा गोल थप्दै दोहोरो ह्याट्रिक पूरा गरिन्।

यस्तै सम्झना शर्माले दुई तथा मनमाया दमाई र अर्का विदेशी टौना रेनेलाले एक एक गोल गरिन्। सम्झनाले ८० औं र ८२ औं मिनेटमा गोल गरिन्। मनमायाले ३३ औं तथा टौनाले ४९ औं मिनेटमा गोल गरिन्।

लिगको पहिलो जितपछि ४ खेलबाट ५ अंक जोड्दै वालिङ अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ। वालिङले यसअघि विराटनगर महानगरपालिका र नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको थियो भने आर्मीसंग पराजित भएको थियो।

चौदण्डीगढीको भने यो लगातार तेस्रो हार हो।

प्रतिक्रया दिनुहोस्