प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

काठमाडौं। सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ।

प्रतिक्रया दिनुहोस्