छोरी बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

जनकपुरधाम। काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन्।

गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ। धनुषाको कमला नगरपालिका-५ स्थायी घर भएका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन्।

वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गरिएको थियो। खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए।

प्रतिक्रया दिनुहोस्