मुडा बजारमा क्लिनिक खोलेर लागू औषध कारोबारमा सक्रिय व्यक्ति पक्राउ

मुडा,कैलाली । कैलालीको बर्दगोरिया स्थित मुडाबजारमा लागू औषध कारोवारी क्लिनीक सञ्चालक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ स्थित मुडा बजारमा रहेको भुपू शैनिक क्लिनीक सञ्चालक ३८ वर्षिया लाल बहादुर बिश्वकर्मा हुन ।बिस्वकर्मालाई बुधबार ईलाका प्रहरी कार्यालय सुखड र बौनियाँको प्रहरी टोलिले क्लिनीकबाटै पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई आगुऔषदको कारोवार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जनाएको छ । प्रहरीले उनको क्लिनीकबाट ७ सय ४० क्याप्सुल ट्रामाडोल, १ सय १० क्याप्सुल ओपिडोल र ६ सय ७५ ट्याब्लेट एबिल नाम लेखिएको औषधी समेत बरामत गरेको जनाएको छ ।

पक्राउ परेका बिश्वकर्मालाई लागुऔषध कारोबारमा मुद्धा चलाउने तयारी भईरहेको प्रहरीको भनाई छ । पछिल्लो समय बिश्वकर्माले क्लिनिकको नाममा लागू औषध कारोबारमा सक्रिय बनेको पटकपटक प्रहरीसमक्ष सूचना पुगेको स्रोतले बताएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्