
बौनिया,कैलाली । संसद विघटनको विरुद्धमा कैलालीको बर्दगोरिया स्थित बौनिया बजारमा राँके जुलुस निकालिएको छ ।
संसद विघटनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदम भन्दै बिहिबार नेकपा प्रचण्ड–नेपाल समूह निकटको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बर्दगाेरिया गाउँ कमिटीले सडकपुर बौनिया बजारमा राँके जुलुस निकालेको हो।
सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध तथा १७ गते नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गर्ने विरोधसभाको समर्थनमा राँके जुलुस निकालिएको बताइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धनगढी आउने भएका छन्।