आजको मौसम :अझै केही दिन चिसो बढ्ने (रिपोर्ट )

काठमाडौ । देशभर अझै केही दिन चिसो बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था 
हाल देशको केही पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भु-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
माघ १६ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

माघ १७ गते (शनिबार)
दिउँसो : प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

राती : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

माघ १८ गते (आईतबार)
दिउँसो : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

राती : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

 

 

प्रतिक्रया दिनुहोस्