बौनिया बजार व्यवस्थापन समितिको साधारणसभा विवादमा,आर्थिक प्रतिवेदन पारीत भएन

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित बौनिया बजार व्यवस्थापन समितिको २१औ वार्षिक तथा चुनावी साधारणसभा विवादित बनेको छ ।

समितिको विद्यानअनुसार हरेक तीन वर्षमा हुनुपर्ने साधारणसभा प्रतिकुल समय नभएको भन्दै साढे ४ वर्षपछि शुक्रबार गरिएको थियो । उद्घाटन सत्रमा कार्यसमितिका तर्फबाट प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन पारदर्शी नभएको भन्दै व्यापारीले चर्को विरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

आर्थिक प्रतिवेदन तथ्यमा आधारित नभएको, व्यापारी झुक्याउन्न झारोटार्ने गरि प्रतिवेदन तयार पारिएको, थुप्रै विषयमा भएका आयव्यय नसमेटिएको ,कोषाध्यक्षको सिग्नेजर समेत नभएको भन्दै व्यापारीले विरोध गरेका हुन । जसका कारण समितिको वार्षिक साधारणसभाको उद्घाटन सत्र सकिएपनि नयाँ कार्यसमिति चयन प्रक्रिया र आर्थिक प्रतिवेदन पारितको काम तत्कालको लागि रोकिएको छ ।

आर्थिक घोटालाको आसङ्का उब्जिएको भन्दै व्यापारीले उक्त आर्थिक प्रतिवेदन माथि विज्ञ टोलि र सरोकारवाला निकायशीत यही २२ गतेदेखि २५ गतेसम्म गहन अध्य्यन र छलफल गरिने भएको छ । छलफलको निशकर्ष अनुसारनै अगाडि बढ्ने योजना रहेको व्यापारीको भनाई छ ।

उद्घाटन सत्रमा व्यापारीहरुले मात्रै नभई यहाँका स्थानीय जनप्रतिनिधिहरुले समेत समितिको कामकारबाही माथि प्रश्न उठाएका थिए । वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा ,वडा नम्बर दुईका अध्यक्ष भेषु चौधरी लगाएतले समितिले आफ्नो कार्यकालमा केही सकारात्मक काम गतेपनि थुप्रै विषयबस्तुमा एकाधिकारपुर्ण तवरले कामकारबाही गरेको भनी प्रश्न उठाएका थिए ।

यता कार्यक्रममा निवर्तमान अध्यक्ष रुपक सुनारले भने कठिन परिस्थितिका बाबजुद समितिलाई यहाँसम्म ल्याउन सफल भएको, आर्थिक आयव्यय पार्दर्सी भएको र आफुले कुनैपनी लाभ समिति बाट नलिएको दावी गरेका छ्न ।

व्यापारीको जिज्ञासा र कोषाध्यक्षले यसरी गरे समितिको आलोचना भिडियोमा हेर्नुहोस ।

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्