प्राधिकरणले निकाल्यो एक महिना विद्युत कटौती हुने सूचना

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुन सक्ने सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालयमार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नु पर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुन सक्ने उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार इटहरी वितरण केन्द्रबाट वितरित विद्युत आगामी फागुन १२ गतेसम्म ९ घण्टा कटौती हुन सक्ने उल्लेख छ ।

यस्तै आज गुल्मी वितरण केन्द्रको ३३ केभी फिडर अन्तर्गतका तम्घास, पुर्कोट, धुर्कोट र इस्मा मदाने मालिका लगायतका क्षेत्रमा ११ केभी लाइन निर्माण गरिने भएपछि दुई घण्टा विद्युत कटौती हुने भएको छ ।

बिहान ११ बजेदेखि १ बजेसम्म विद्युत कटौती हुने भएकाले ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

प्रतिक्रया दिनुहोस्