प्रचण्ड–नेपाल आज धनगढी र ओली चितवनमा गर्जिने

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज शनिबार कैलालीको धनगढीमा शक्ति प्रदर्सन गर्दैछ ।

संसद विघटनविरुद्ध देशव्यापी सडकमा उत्रिएको यो समूहले आज विशाल जुलुस र प्रदर्शनसहित शक्ति देखाउने तयारी गरेको हो । मध्यान्न खुलामञ्चमा आयोजना हुने सभालाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछ्न ।

कार्यक्रमलाई मध्यनजर गरि यहाँ सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ। बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्।

उता प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा अ‍ोली आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने भएका छन् । भरतपुरको केन्द्रीय बसटर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन् ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १२:३० बजेबाट आमसभा सुरु हुनेछ । सभामाअघि पूर्व क्षेत्रको बसन्तचोक,पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिनेछ ।

जनसभामा प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रया दिनुहोस्