मोटरसाइकल दुर्घटनामा कैलालीका दुई जनाको मृत्यु

सुखड,कैलाली । ट्याक्टरको पछाडिबाट मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा कैलालीका दुई जनाको मृत्यु भएको छ ।

घोडाघाडी नगरपालिका–१० मा शनिबार राति ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेका छन् ।

शनिबार राति ११ बजेतिर म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका १० का २३ वर्षीय  गोविन्द बुढा र १८ वर्षिय मानबहादुर बुढा रहेका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रया दिनुहोस्