
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित पहिचान भएका छन् ।
आइतबार उल्लेखित संख्या पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ५९४ रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा थप २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६६ हजार ३३६ पुगेको छ ।