चिसोको कहर ;भोलिदेखि कोहलपुरमा संचालित सबै विद्यालय तीन दिनसम्म बन्द

कोहलपुर । अत्याधिक चिसोका कारण कोहलपुरमा संचालित विद्यालय बन्द गरिने निर्णय भएको छ ।

आइतबार कोहलपुरमा बसेको सरोकारवाला निकायको बैठकले अत्याधिक चिसोलाई मध्यनजर गरि कोहलपुर नगरपालिकामा संचालित सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय भएको हो । कोहलपुर नगरपालिकाका अनुसार भोलि १९ गते सोमबारदेखि २१ गतेसम्म विद्यालय बन्द गरिने भएको जनाईएको छ ।

पछिल्लो समय बढेको चिसोले कोहलपुरसहित तराईका जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । विद्यार्थीको स्वास्थ्यलाइ मध्यनजर गरि तीन दिन पठनपाठन बन्द गरिने कोहलपुर नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्