म्यानमारकी नेतृ आङ सान सू ची पक्राउ

एजेन्सी । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू ची पक्राउ परेकी छन् ।

उनलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले जनाएका छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको बताइएको छ । गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनको लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ ।

तर, सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमवार (आज) हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्