भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि आक्रमण गर्ने स्व:घोषित अभियन्तालाई कारबाहीको माग

काठमाडौं । सामाजिक अभियन्ताका नाममा स्वास्थ्यकर्मी माथि आक्रमण र अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

संघले नेपालगन्ज स्थित भेरी अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको हो । संघले भेरी अस्पतालमा ड्युटीमा रहेका बेला हातपात गर्ने र स्वास्थ्य संस्थामा अस्वाभाविक हुल हुज्जत गरिएको भन्दै निन्दा गरेको छ ।

संघले एक विज्ञप्ती जारी गर्दै सामाजिक अभियान्ताको नाममा स्वास्थ्यकर्मीमाथि  अभद्र र अमानवीय क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

कोभिड–१९ को बढ्दो संक्रमणको समयमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संयमित भई चिकित्सकीय सेवामा समर्पित हुनसमेत चिकित्सक संघले अनुरोध गरेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा सोमबार आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीको एक समूहले पेइङ वार्डमा ड्युटीमा रहेका चिकित्सक र नर्सहरुमाथि हातपात गर्नुका साथै अभद्र व्यवाहार गरेका थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्