म्यानमारको सैन्य कू असफल बनाउन संयुक्त राष्ट्रसंघका महासचिवको अपिल

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् ।

कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन् । चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् ।

विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । सर्वसाधारणले भाँडा बजाएर विरोध गरेका छन् भने स्वास्थ्यकर्मीले काम बन्द गरेर विरोध गरिरहेका छन् ।

प्रतिक्रया दिनुहोस्