पर्ल्श बिश्लेशन सम्बन्धि तालिम सम्पन्न

कोहलपुर । राष्ट्रिय सहकारी बैक शाखा कोहलपुरको आयोजनामा तिन दिने पर्ल्श बिश्लेशन तालिम कोहलपुरमा सम्पन्न भएको छ ।

समापन तालिमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहकारीमा पर्ल्श एक मुख्य सुचाङक भएको र सहकारीको बितिय क्षमता तथा सक्षमताको अबस्था थाहा पाईने भएकाले अनिबार्य रुपमा सहकारीहरुले पर्ल्स बिश्लेशन गर्न अनुरोध गर्नु भयो । साथै उहाँले प्रदेश सहकारी संघ र जिल्ला सहकारी संघबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धा जनाउनु भयो ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकास ज्ञवालीले सहकारीको मुख्य पार्ट नै पर्ल्श बिश्लेशन भएकाले सोहि बमोजिम काम गर्नुपर्ने बताउनु भयो । तालिममा जिल्लाका विभिन्न सहकारी बाट २८ जना सहकारीकर्मिको सहभागिता रहेको थियो ।

तालिममा सहभागीलाई राष्ट्रिय सहकारी बैकका तालिम अधिकृत नारायण बेलबासेले प्रशिक्षण दिनु भएको थियो । तालिममा २८ वटा सहकारी संस्थाको प्रगति सम्बधि रिपोर्ट निकालि संस्थाको अबस्था ,बितिय सक्षमता ,प्रभाबकारी संचालन आत्मनिर्भरता जस्ता बिषय बस्तुलाई समेटी एक आकडा निर्माण गरिएको थियो ।

राष्ट्रिय सकारी बैक शाखा कोहलपुरका शाखा प्रमुख निता कुमारी थापाको सभाअध्यक्षतामा सम्पन्न तालिमको संचालन सहकारी बैक कोहलपुर शाखा सहायक प्रमुख प्रकाश कार्कीले गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्