नव बाल बाटिका क्रिकेट लिग सिजन २ को ड्र तथा ट्रफी सार्वजनिक

बौनिया,कैलाली । विद्यालय स्तरमा हुने प्रतियोगिता अन्तर्गत सर्वाधिक पुरस्कार राशीको नव बाल बाटिका क्रिकेट लिग (बि.सि.एल सिजन -२) को ड्र तथा ट्रफी सार्वजनिक गरिएको छ ।

शनिबार सडकपुर बौनिया बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक विद्यालयले उक्त प्रतियोगिताको ड्र तथा ट्रफी सार्वजनिक गरेको हो ।

आयोजककाअनुसार प्रतियोगिता आउँदो फागुनदेखि संचालन हुने भएको छ । व्यक्तित्व विकास ,पारस्परिक सहयोग एवम स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ फागुन १ गतेदेखि सुरुहुने प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि १० लाख बढी रकम खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा विभिन्न १६ विद्यालयका टीमको सहभागीता हुनेछ ।

स्थानीय बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ मुडामा रहेको खेल मैदानमा हुने प्रतियोगिता लिग कम नक आउटकाे आधारमा संचालन गरिने आयाेजक विद्यालयका संस्थापक प्रिन्सिपल एवम प्रतियोगिता संयाेजक प्रमाेद मल्लले बताए ।

क्रितिम विकेट म्याटमा सञ्चालन हुने प्रतियोगितामा ड्युस बलकाे प्रयाेग हुने जानकारी दिए ।

उनले गतवर्ष प्रदेश स्तरिय प्रतियोगिताको सफलतासंगै यसवर्ष प्रतियोगितालाई राष्ट्रव्यापि बनाउने अभियानमा लागिएको बताए ।

काेराेना माहामारीका बाबजुत समेत यसपटक गत संस्करणका पुरुस्कार राशिमा समेत वृद्धि गर्दै प्रथम पुरस्कार एक लाख १५ हजार १ सय ११ पुर्‍याईएको छ भने उप- विजेताले नगद ५७ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

गतवर्षका संस्करण जस्तै यसपटक पनि प्रतियाेगिताका उत्कृष्ट खेलाडीले नगद १३ हजार पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछ्न भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ८ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

आयोजककाअनुसार प्रतियोगितामा सहभागी नव उदयिमान खेलाडीले नगद ५ हजार तथा लीग चरणका हरेक खेलक म्यान अफ दी म्याच लाई नगद ५ सय र स्व. रकमलाई बृद्धि गर्दै क्रमशः क्वाटरफाइनलमा १ हजार सेमिफाइनलमा २ हजार र फाइनल खेलमा म्यान अफ दी म्याच लाई नगद ३ हजार प्रदान गरिने छ ।

विद्यालय स्तरबाटै क्रीकेट खेलाडी उत्पादन गर्ने, क्रीकेटमै भविष्य खोजीरहेका खेलाडीको हौसला प्रदान गर्नें ,सबल ,सक्षम ,सृजनसिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्