कैलालीमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु

टीकापुर । कैलालीमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं. १ स्थित कालिका वननजिकै माटो खन्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

शनिबार मध्यान्ह १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घटनास्थलमै मृत्यु भएको हो । ३० वर्षीया गंगादेवी जयगडीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, ढिस्को खसेर घाइते भएका १२ वर्षीय काजल सवाल र अन्जु जगयढीको हाल टिकापुर अस्पतालमै उपचार भइरहेको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्