अश्लिल भिडियो बनाएको आरोपमा बलिउड नायिका पक्राउ

एजेन्सी। अश्लील भिडियो बनाएको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बई पुलिसले पक्राउ गरेको छ। अश्लिल भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनी सोमबार पक्राउ परेकी हुन्।

गहनाले मिस एशिया बिकिनीको ताज जितेकी छन्। उनी छत्तीसगढ़की स्थायी बासिन्दा हुन् भने उनको वास्तविक नाम वन्दना तिवारी हो। फिल्मी नगरीमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन्।

उनले अधिक मात्रामा विज्ञापनमा काम गरेकी छिन्। उनले हिन्दी लगायत तेलुगु सिनेमामा काम गरिसकेकी छिन्। उनले सातभन्दा बढी वेब सीरियलमा काम गरिसकेकी छिन्‌।

​गहनाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि आफ्नो कला देखाएकी छिन्। ुगन्दी बातु वेभ सिर‍ीजबाट उनको लोकप्रियता बढेको थियो।

पक्राउबारे प्रहरीले भनेको छ, ‘गहनाले ८७ वटा अश्लील भिडियोहरू आफ्नो वेभसाइटमा राखेकी छिन्। सदस्यहरू यो हेर्नको लागि सदस्यता लिनुपर्ने र उक्त सदस्यताका लागि २ हजार रुपैयाँ असुल्ने गरिएको थियो।’

प्रहरीले उनीसहित एचडी क्यामेरा, मोबाइल, एक ल्यापटप र भिडियोले भरिएको मेमोरी कार्ड जफत गरेको छ। यसको अलवा प्रहरीले ३ वटा बैंक खाता जफत गरेको छ। जसमा ३६ लाख रुपैयाँ रहेको पाइएको छ। यो रकम गहनाले अश्लिल एपबाट कमाएको प्ररहीले जनाएको छ।

प्रतिक्रया दिनुहोस्