सार्वजनिक जग्गा अतिक्रमण गर्ने जो भए पनि छाडिन्नः प्रमुख आयुक्त राई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताएका छन्।

अख्तियारको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै राईले यस्तो धारणा राखेका हुन्। ‘सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको छ। सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला(खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य हुने छैन’, प्रमुख आयुक्त राईले भने, ‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने छ।’

औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने उनले जानकारी दिए

प्रतिक्रया दिनुहोस्