बाँकेमा मोटरसाइकल चोरीमा सक्रिय गिरोहलाई सार्बजनिक

कोहलपुर । मोटरसाइकल चोरीमा सक्रिय गिरोहलाई बाँके प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका ३ का रामवहादुर थापा, जुम्लाको चन्दननाथ नगरपालिका ११ घर भई हाल नेपालगञ्ज ४ बस्ने धिरेन्द्र विक्रम शाही, दाङ गढवा ४ का ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री १ का छविलाल पुन मगर, लुग्री ५ का नवराज रोका क्षेत्री तथा नेपालगञ्ज १० का रञ्जित शर्मा रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनीहरूले बाँकेका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेर पहाडी जिल्लाहरुमा बेच्ने गरेको खुलासा भएको रानाले जानकारी दिए । रानाका अनुसार पक्राउ परेका ब्यक्तिहरुसँगै चोरीका ११ मोटरसाइकल समेत बरामद गरिएको छ । मोटरसाईकल चोरेर जंगलमा लुकाएर राख्ने त्यहाँबाट प्यूठानको चेरनेटा दरभानमा रहेका वर्कसपमा नम्बर, प्लेट, चेसिस र ईञ्जिन नम्बर परिवर्तन गरि बिक्रि गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्