रामकुमारी झाँक्रीलाई प्रहरीको अपराध महाशाखामा बोलाइयो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या हुने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले सडक आन्दोलन रत नेकपाको प्रचण्ड नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछ अपराध महाशाखामा बोलाएको छ ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको पुष्टि गरे । झाँक्री आफैं उपस्थित नभए पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उनले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृतिको समेत विरोध गरेकी थिइन् । यसले एकल महिलामाथि हिंसा गरेको भन्दै अखिल नेपाल महिला संघले कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रया दिनुहोस्