जोशीविरुद्धको कारबाही फिर्ता लिन तनहुँ कांग्रेसको सिफारिस

काठमाडौं। नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले नेता गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिन सिफारिस गरेको छ।

जिल्ला कार्य समिति तनहुँको बैठकले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने गत साउनको निर्णय सच्याउन केन्द्रीय अनुशासन समितिलाई पत्राचार गर्ने निर्णय गरेको हो। तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपानले वडा तहदेखि नै अनुरोध आएको हुँदा त्यसमा आवश्यक निर्णय लिनका लागि केन्द्रमा सिफारिस गरिएको जानकारी दिए।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो।

पौडेलको दबाबमा उक्त निर्णय गरिएको भन्दै जोशीले चुनावका बेला उनीविरुद्ध अभियान नै चलाएर पराजित गराएको आरोपमा अनुशासन समितिले गत साउन १० गते पाँच वर्षका लागि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

प्रतिक्रया दिनुहोस्